भरतपुर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई मोडल बनाएर सिंगै देशकै विकास गर्न चाहेको बताएका छन् ।
भरतपुर महानगरपालिकाले ५ वर्षमा शिक्षा, स्वास्थ्य खेलकुद, बाटो, खानेपानी लगाएतका थुप्रै क्षेत्रमा रेकर्ड राखेको बताए ।
रेनु दाहाल प्रचण्डको छोरी भएर भरतपुरको विकास भएको नभई रेनु दाहालको आफ्ने योग्यताले भरतपुरले विकास गरेको बताए ।
भरतपुरको नतिजा असाधारण रुपमा आउने बताए । प्रचण्ड बाचुञ्जेल सविंधान उल्टाउन सकिने भएन भनेर कांग्रेस भित्रै र देश भित्र र बाहिरको ठुलै गिरोह लागिपरेको बताए ।
प्रचण्डले जनताको फैसला हेर्न आफु आतुर रहेको बताउदै पहिलाको गल्ति नहोर्याउने बताए । प्रचण्डलाई दिगो रुपमा अडिग रहन दिने कि अझै टेन्सन दिएर हेरौनत भनेर चिन्ता दिने जनताको हातमा रहेको बताए ।