logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • कर्णाली प्रदेश सल्लाहकार समिति सदस्य शाही माओवादीबाट निष्कासित

    कर्णाली प्रदेश सल्लाहकार समिति सदस्य शाही माओवादीबाट निष्कासित

    4.3K
    Shares

     

    सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले प्रदेश सल्लाहकार समिति सदस्य दुर्गबहादुर शाही ‘दामोदर’लाई पार्टीबाट निष्कासित गरिएको छ । शाहीले पार्टीको निर्णय विपरीत उम्मेदवारी दर्ता गराएको र फिर्ता लिन अस्वीकार गरेको भन्दै निष्कासित गरिएको प्रदेश कमिटीकी अध्यक्ष विमला केसीले जानकारी दिएकी हुन् ।

    जाजरकोटको जुनीचाँदे गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवारका लागि पार्टीका तर्फबाट शिवा आचार्य (बस्नेत)लाई उठाइएको थियो,’केसीले भनिन्, ‘बागी उम्मेदवारको रूपमा दामोदरजीले उम्मेदवारी दर्ता गराउनुभयो । हामीले पार्टीको तर्फबाट उहाँलाई पटक–पटक उम्मेदवारी फिर्ता लिन भने पनि उहाँले अस्वीकार गर्नुभयो । त्यसैले उहाँलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हो ।’

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend