काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनका जनतालाई धम्क्याएर भोट मागेको आरोप लगाएका छन् ।
ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रचण्डलाई उत्साहित बनाउनका लागि भरतपुरवासीले उनकी छोरी रेनु दाहाललाई भोट दिनुपर्ने भन्दै प्रश्न पनि गरे ।
गत शुक्रबार भरतपुरमा आयोजित चुनावीसभामा प्रचण्डले निवर्तमान मेयर रेणु दाहालको टिमलाई नजिताए मुलुक दुर्घटनामा जाने, जिताए आफू उत्साहित हुने र गठबन्धनलाई १५–२० वर्षसम्म लैजाने बताएका थिए ।