logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धनको ढाड वैशाख ३० गते भाँचिने छ: अध्यक्ष ओली

    गठबन्धनको ढाड वैशाख ३० गते भाँचिने छ: अध्यक्ष ओली

    3.1K
    Shares

    चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई वैशाख ३० ठूलो खड्गो रहेको बताएका छन् । उनले ज्योतिषीले वैशाख ३० गठबन्धनका लागि नराम्रो खड्गो रहेको भनिरहेकोले वैशाख ३० गठबन्धनको ढाड भाँचिने बताए ।

    अध्यक्ष ओलीले एमालेले शताब्दीऔँदेखि व्याप्त बेरोजगारी, गरिबी, विपन्नता, अभाव, कुप्रथा, कुसंस्कार, असमानता र कमजोर मनोबलताको अन्त्य गर्ने संकल्प लिएको बताए । उनले नेकपा एमाले विकास, सुशासन र मानव सुखका दृष्टिले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहेको बतबए । अध्यक्ष ओलीले देशको विकास गर्ने योजना र शक्ति नेकपा एमालेसँग मात्रै भएको बताए । नेकपा एमालेको मुख्य ध्येय नेपालको विकास गर्नु, नेपालीको इज्जत र प्रतिष्ठा बढाउने, नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ड राख्ने भएको बताए । उनले नेकपा एमालेबिना देश विकास हुन नसक्ने दाबी गरे ।

    अध्यक्ष ओलीले एमालेले विकासका काम गरिरहँदा नेपाली काँग्रेसले षड्यन्त्र गरेको आरोप लगाए । उनले काँग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढीरहेको देशलाई व्यवधान खडा गरेर याथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरुलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक र देशहीतका सन्दर्भमा उल्टो बाटो समात्ने काम गरेको बताए ।

    अध्यक्ष ओलीले काँग्रेसले राजनीतिक दलको आधारभुत मर्ममाथि प्रहार गरेको, संसदीय मूल्य र मान्यतालाई नै कुल्चिएको र संसदले सरकार निर्माण गर्ने संसदीय शासन प्रणालीको आदर्शको उपहास गरेको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend