logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • भरतपुरका कांग्रेसको सम्झनामा ओलीको गीत ‘पोहोर पनि ढाटेउ आमा यसपालीनी ढाटेउ’

    भरतपुरका कांग्रेसको सम्झनामा ओलीको गीत ‘पोहोर पनि ढाटेउ आमा यसपालीनी ढाटेउ’

    2.7K
    Shares

    भरतपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले दुर्घटना हुन्छ भन्दैमा कुनै दुर्घटना नहुने बताए । भरतपुरमा नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओदीले यस्तो बताएका हुन् ।

    ‘दुर्घटना हुदैन बरु घटना हुन्छ गठबन्धनले नराम्ररी हार्नेछ’ उनले भने । उनले धम्काउनेलाई तर्साउनलेलाई भोट नदिन पनि भरतपुरवासीलाई आग्रह गरे । चितवनका कांग्रेसप्रति सहानुभुति प्रकट गर्दै अध्यक्ष ओलीले पोहोर पनि ढाटेउ आमा यसपाली पनि ढाटेउ भने भन्ने गीत सुनाउदै भरतपुका कांग्रेसको बेथा आफुले बुझ्ने बताए ।

    गठबनधनलाई १२ वर्षसम्म टिकाउने गठबनधनले गरेको घोषणाप्रति टिप्पणी गर्दै चतवनमा कांग्रेसका कार्यकर्ताले प्रचण्डका छोरी, ज्वाई, भाई भतिज मात्रै बोक्नुपर्ने बताए ।

    गठबन्धनले निर्वाचन आयोगले अर्काको झण्डा बोक्दा कारबाहि गर्ने भए भरतपुरमा कांग्रेसले रेनुलाई मत माग्दा र प्रचण्डले काठमाडौंमा सिर्जना सिंहलाई भोट माग्दा किन कारबाहि नगरेको भनि आक्रोश व्यक्त गरे ।

    उनले प्रश्न गरे ‘कांग्रेसका नेताहरुले प्रधानमन्त्री पद जोगाउनका लागि पार्टी सिध्याउँदै छन् कांग्रेस कार्यकर्ता के हेरेर बसेका छन् ?’ गफ गरेर हुदैन भन्दै अध्यक्ष ओलीले परमादेशी सरकारले एउटा नयाँ सिर्जनात्मक काम गरेको भए देखाउन पनि सत्तापक्षलाई चुनौति दिए ।

    अहिलेको सरकार आफन्त पोस्न मात्रै भएकाले यस्तो सरकारलाई टाटाबाईबाई गर्नुपर्ने उनको भनाई थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend