logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • धनगढीमा आज गठबन्धनको आमसभा, देउवा र प्रचण्डले सम्बोधन गर्ने

    धनगढीमा आज गठबन्धनको आमसभा, देउवा र प्रचण्डले सम्बोधन गर्ने

    4.4K
    Shares

    धनगढी । प्रधानमन्त्री एवं का‌ंग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न धनगढी पुगेका छन् ।

    प्रधानमन्त्री देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड आज बिहान पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले यो घर ०७४ को चुनावमा किनेका थिए ।

    धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । यो सभालाई देउवा, प्रचण्डसहित शिर्ष नेताले सम्बोधन गर्ने छन्। देउवा आजै गृहजिल्ला डडेल्धुरा पनि जाने छन्।

    यस्तै, प्रचण्डले भने धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

    गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेको थियो ।

    धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालसहित चुनावी मैदानमा छन् । धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको चुनावी क्षेत्र पनि हो । ०७४ को प्रतिनिधिसभा चुनावमा आरजु एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend