भरतपुर । नेकपा एमाले चितवनका नेता देबी ज्ञवालीले अघिल्लो निर्वाचनमा माओवादीले मतपत्र च्यातेको अपराधको सजाय मतदाताले यसपटक एमालेलाई जनमत दिएर दिने बताएका छन् ।
सुनौलो नपालसँगको कुराकानीमा नेता ज्ञवालीले यस्तो बताएका हुन् । नेता ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरको गठबन्धनको आमसभामा चितवनको स्वाभिमानमाथि नै धम्कि दिएको बताए ।
उनले हसिया हतौडामा मत नदिए देश दुर्घटनामा जाने धम्किपुर्ण अभिव्यक्तिप्रति टिप्पणी गर्दै ज्ञवालीले प्रचण्डले भरतपुरका मतदाताको स्वतन्त्र मतदानको अधिकार पनि हनन गर्न खोजेको आरोप लगाए ।
माओवादीप्रति निकै अक्रामक देखिएका नेता ज्ञवालीले प्रचण्ड लोकतन्त्रवादी नभई अधिनायकवादी भएको बताए ।
पुरा भिडिओ हेनृका लागि यहाँ क्लिक गर्नुहोस् :