logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • केपी ओलीकाे जनतामा गएर मत माग्ने कुनै आधार छैन: प्रकाशशरण महत

    केपी ओलीकाे जनतामा गएर मत माग्ने कुनै आधार छैन: प्रकाशशरण महत

    4.5K
    Shares

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दावी गरेका छन् । प्रवक्ता महतले सुशासन, कानुनी शासन, संविधानको रक्षा र मुलुकको विकास कुनै पनि अर्थमा ओली असफल भएको भन्दै उनलाई जनतामा गएर मत माग्नै कुनै आधार नरहेको बताएका हुन् ।

    सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीले नचाहेपनि लोकतन्त्रलाई बलियो बनाउन, संविधानलाई बलियो बनाउन सत्तारुढ गठबन्धन सँगसँगै अघि जाने विश्वास समेत व्यक्त गरे । उनले सत्तारुढ दलमा आवद्ध अन्य दलहरुले पनि ओलीलाई साथ दिने कुनै सम्भावना नरहेको बताए ।

    प्रवक्ता महतले निर्वाचनको शिलशिलामा रुकुम पश्चिम, महोत्तरी, नुवाकोट, सिन्धुपाल्चोकसहितका जिल्लाहरुमा आफ्ना पार्टीका कार्यकर्ताहरुमाथि आक्रमण गरेको भन्दै आपत्ति जनाए । उनले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराए । प्रवक्ता महतले नेपाली काँग्रेसको सभापतिको हैसियतले प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचनमा प्रचार गएकाले उनले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्न नमिल्ने पनि बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend