logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • प्रचण्ड र आरजुको भनाइलाई गलत रूपमा प्रस्तुत गरियो: प्रकाशशरण महत

    प्रचण्ड र आरजुको भनाइलाई गलत रूपमा प्रस्तुत गरियो: प्रकाशशरण महत

    3.2K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आरजु देउवाको अभिव्यक्तिलाई गलत रूपमा प्रस्तुत गरिएको बताएका छन् । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले प्रचण्ड र आरजुको अभिव्यक्तिको आशयलाई फरक रूपमा प्रस्तुत गरिएको बताएका हुन् ।

    ‘प्रचण्डले धम्की दिएको होइन, गठबन्धनले जितेन भने देश चलाउन नसक्ने पार्टी र नेतृत्वलाई जिम्मेवारी दिनुभयो भने भोलि समस्या आउला भन्ने आशयमा भन्न खोज्नुभएको हो भन्ने मलाई लाग्छ,’ उनले भने, ‘डा। आरजुको कुरामा पनि गलत त्यस्तो केही छैन । कांग्रेसले जित्यो भने बजेट सुनिश्चित गराउनुभएको हो। ओलीले कांग्रेसले जितेका स्थानीय तहमा बजेट नपठाएर सौतेली व्यवहार गरेका थिए। आरोप र अफवाह मिथ्या हो।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend