काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई गणना नसकिँदासम्म मतपत्र आफ्नो आँखाबाट ओझेल पर्न नदिने बताएका छन् । मंगलबार भृकुटी मण्डपमा आयोजित चुनावी सभामा उनले यस्तो बताएका हुन् ।
निर्वाचन जसरी पनि जित्नुपर्छ भन्ने कुराहरु सुनिएको भन्दै त्यसको सामना गनुपर्ने बताएका छन् । उनले बाँकी रहेको तीन दिनमा मतको रक्षा गर्नुपर्ने बताए ।
“तीन दिन मतको सुदृढ रक्षा गर्नुपर्छ । हाम्रा कार्यकर्तामाथि हमाला हुन थालेको छ । कब्जा गरेर भए पनि चनाव जित्नु पर्छ भन्ने सुनिन थालेको छ । पिटेर भए पनि, कब्जा गरेर भए पनि जित्ने भनेका छन् । हडबडाउने होइन् । त्यसको सामना गर्नुपर्छ,” उनले भने ।
ओलीले आफ्ना कार्यकर्ताहरुलाई गणना नसकिँदासम्म मतपत्र आफ्नो आँखाबाट ओझेल पर्न नदिन निर्देशन दिए ।