डोल्पा । डोल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा म्यादी प्रहरीको मृत्यु भएको हो ।
शे–फोक्सुन्डो गाउँपालिकास्थित शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका सुरेन बिकको मृत्यु भएको हो ।
२४ वर्षीय विक डोल्पाको काईके गाउँपालिका–४ का स्थानिय हुन् ।