प्यूठान । सरुमारानी गाउँपालिकामा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । सरुमारानी गाउँपालिकाको हशंपुरमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर विश्वकर्माले आफू सवार गाडी जलाउने र आफूलाई मार्नेसम्मको प्रयास गठबन्धनबाट भएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका छन् । तर दुवै पक्षबाट घटनाका विषयमा कुनै आधिकारिक धारणा आएको छैन ।