logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मतदान पछि प्रचण्डको प्रतिक्रया : जित-हारलाई स्वाभाविक रुपमा लिनुपर्छ

    मतदान पछि प्रचण्डको प्रतिक्रया : जित-हारलाई स्वाभाविक रुपमा लिनुपर्छ

    2.7K
    Shares

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले निर्वाचनमा जित–हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।

    उनले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’ उनले राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको पनि उनले बताए ।

    प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालसँगै भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका हुन् । रेनु सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

    एमालेका तर्फबाट मेयर उम्मेदवार रहेका विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दैछन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ ७ हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।

    कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।

    विवेकशिल साझाका मेयर उम्मेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभूत विद्यालयबाट मतदान गर्दै छन् । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend