काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि मतदान रोकिएको छ।
पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो। मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस एमाले कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका छन्।
वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन्।
अहिले सर्वदलीय बैठक बसेर मतदान सुरू गर्ने प्रयास भइरहेको डिएसपी जानकारी दिए।