logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • गोप्य राखेनन् बाबुराम भट्टराईले आफ्नो मत, मत दिएको फोटो सामाजिक सञ्जालमा पोस्ट

    गोप्य राखेनन् बाबुराम भट्टराईले आफ्नो मत, मत दिएको फोटो सामाजिक सञ्जालमा पोस्ट

    7.5K
    Shares
    गोप्य राखेनन् बाबुराम भट्टराईले आफ्नो मत, मत दिएको फोटो सामाजिक सञ्जालमा पोस्ट

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीरसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

    गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका उनले आफूले कुन पार्टीलाई मत दिएको छ भन्ने देखिने तस्वीर फेसबुकमा पोस्ट गरेका छन् ।

    पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् ।

    निर्वाचन आयोगले मतदान केन्द्रमा मोवाइल लैजान निषेध गरेको छ । तर भट्टराईले भने मतपत्रमा स्वस्तिक छाप लगाएको फोटोसमेत सार्वजनिक गरेका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend