logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मतदानपछि सुनिता डंगोलले भनिन् –रामवीर र विद्यासुन्दर रिसाउनुभएको छैन

    मतदानपछि सुनिता डंगोलले भनिन् –रामवीर र विद्यासुन्दर रिसाउनुभएको छैन

    5K
    Shares
    मतदानपछि सुनिता डंगोलले भनिन् –रामवीर र विद्यासुन्दर रिसाउनुभएको छैन

    काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरको उपमेयरकी प्रत्याशी सुनिता डंगोलले मतदान गरेकी छन् । कामनापा वडा नम्बर २१ फसिगाँ लगनटोलमा मतदानपछि आफु उत्साहित भएको बताइन् । साथै उनले एमालेका कोही पनि नेताहरू आफूसँग नरिसाएको बताइन् ।

    रामवीर र विद्यासुन्दर शाक्यहरू समेत आफूसँग नरिसाएको डङ्गोलको भनाइ छ । ‘सवै जना हर्षोल्लासले मतदान गर्न आउनु भएको छ, त्यो देखेर निकै खुसी भएकी छु,’ उनले भनिन् । उनले मतदाताहरूलाई आफ्नो अधिकारको सदुपयोग गर्न आग्रह गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन सुझाव दिइन् । उनले मतदाताको उत्साह देखेर एक्साइटेड भएको पनि बताइन् । ‘एक्साइटेड छु । जनताको माया जित्ने आधार हो । माया पाउछु, आशिर्वाद पाउछु भन्नेमा विश्वस्त छु’, प्रत्याशी डंगोलले भनिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend