काठमाडाै । शुक्रबार बिहानदेखि जारी स्थानीय तह निर्वाचनका क्रममा विभिन्न जिल्लाका मतदान केन्द्रहरूमा तनावको अवस्था भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले मतदानका क्रममा दुई पक्षबीच झडपका कारण केही स्थानको मतदान प्रभावित बन्ने पुगेको बताए । यद्यपि अधिकांश स्थानको मतदान पुनः सुरु भइसकेको उनको भनाइ छ ।
सर्लाहीमा तनावः
सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । गोली चलेपछि उक्त मतदान केन्द्रको मतदान प्रक्रिया रोकिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अहिले स्थिति सामान्य हुँदै गएको र केही बेरपछि मतदान प्रक्रिया सुरु हुने जनाएको छ ।
धनकौलमा मतदानस्थल कहाँ राख्ने भन्नेमा विवाद थियो । निर्वाचन आयोगले भनेको स्थानमा मतदान केन्द्र असन्तुष्ट बनेका समूहले बिहानै विवाद र ढुंगामुढा गरेका थिए ।
बाराको देवतालमा रोकिएको मतदान फेरि सुरु
बाराको देवताल गाउँपालिकामा पुनः मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०–१५ जना हात हालाहाल भएपछि रोकिएको मतदान फेरि सुरु भएको हो ।
नेपाली काँग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएको थियो ।
देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेको सर्वदलीय बैठकले पुनः मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएको हो ।
झडपमा घाइते भएकाहरुको सदरमुकाम कलैयास्थित कलैया अस्पतालमा उपचार भइरहेको छ ।
यता बाराको देवताल गाउँपालिकामा पुनः मतदान सुरु भएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा करिब २५ जनाले सहभागिता जनाएपछि त्यहाँ निकै हल्ला भयो । १०–१५ जना हात हालाहाल भएपछि रोकिएको मतदान फेरि सुरु भएको हो ।
नेपाली काँग्रेसका र लोसपाका कार्यकर्ताबीचको झडपका कारण मतदान रोकिएको थियो । झडपलाई सुरक्षाकर्मीले बेलैमा नियन्त्रणमा लिन सफल भएको थियो ।
देवतला गाउँपालिकाका मतदान अधिकृत सुदर्शन ढकालका अनुसार करिब २ घण्टा बसेको सर्वदलीय बैठकले पुनः मतदान गर्ने सहमति भएपछि मतदानको प्रक्रिया सुरु गरिएको हो ।
झडपमा घाइते भएकाहरुको सदरमुकाम कलैयास्थित कलैया अस्पतालमा उपचार भइरहेकै छ ।
उम्मेदवार घाइते
ओखलढुङ्गाको चम्पादेवीमा मतदानका क्रममा काँग्रेस र एमाले समर्थित मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको छ । झडपका क्रममा वडाध्यक्षका उम्मेदवार घाइते भएका छन् ।
चम्पादेवी गाउँपालिका वडा नम्बर ९ स्थित जीवनज्योती मतदान केन्द्रमा काँग्रेस र एमाले समर्थक मतदाताबीच लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले जानकारी दिए । सो क्रममा वडाध्यक्षका काँग्रेसको तर्फबाट उम्मेदवार रहेका सुजन पौडेल सामान्य घाइते भएको उनको भनाइ छ ।
मतदान केन्द्रभित्र झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरेको छ ।
रामेछापको दुई स्थानमा गोली चल्यो
रामेछापको दुई स्थानमा गोली चलेको छ । दुई पक्षीय झडप हुँदा मतदान प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले जानकारी दिए ।
दोरम्बा सैलुङ गाउँपािलिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झपड हुँदा एक राउण्ड गोली चलेको उनले बताए । यस्तै खाँणदेवी गाउँपालिका स्थित वडा नम्बर १ राकाथममा मतदान केन्द्रमा दुई पक्षीय झडपलाई नियन्त्रणमा लिन ७ राउण्ड हवाई फायर भएको उनले बताए ।
हुम्लामा प्रहरीमाथि ढुंगामुढा
हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ ।
स्थानीयको ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो ।
ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए ।
दोलखाको २ स्थानमा १३ राउण्ड हवाई फायर
दोलखाको वैतेश्वर गाउँपालिकामा मतदान स्थगित भएको छ। मतदानका विषयमा दुई पक्षीय झडप हुँदा मतदान स्थगित भएको हो । कालिढुंगा मावि मतदान केन्द्रमा विवाद भएको हो ।
यस्तै मेलुङ गाउँपालिकाको वडा नम्बर ४ स्थित मतदान केन्द्रमा पनि तनाव भएपछि हवाई फायर भएको छ । दुई स्थानमा गरी जम्मा १३ राउण्ड हवाई फायर भएको दोलखाका एसपी गंगा पौडेलले जानकारी दिए ।
यसैगरी ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा पनि तनाव भएको छ । यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको छ ।
मोरङको लेटाङमा विवाद
मोरङको लेटाङमा मतदानका क्रममा विवाद भएको छ । सुकुम्बासी परिचयपत्र भएकाहरूको नाममा भोट हाल्न खोज्दा विवाद भएको हो ।
मोरङका एसपी शान्तिराज कोइरालाले दुई पक्षीबीच भएको विवाद अहिले समाधान गरेर मतदान सुचारु गरिएको बताए । उल्लेखित तनाव भएको अधिकांश स्थानमा पुनः मतदान सुरु भएपनि भ्को कात्तिके देउरालीस्थित मतदान केन्द्रमा मतदान सुरु हुन ढिलाइ भएको छ । दुई पक्षबीचको विवादका कारण अवरुद्ध भएको मतदान सुचारु गराउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले काभ्रेका अन्य स्थानमा भने शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको जनाएको छ।