logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • चितवनमा शान्तिपूर्ण रुपमा मतदान, ६० प्रतिशत मत खस्यो

    चितवनमा शान्तिपूर्ण रुपमा मतदान, ६० प्रतिशत मत खस्यो

    3.5K
    Shares

    चितवन । चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । उनकाअनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

     

    निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको उनले जानकारी दिए । ‘कुनै केन्द्रमा ६५ प्रतिशत मत पनि खसिसकेको छ । केहीमा ५५ प्रतिशतको हाराहारीमा पनि मत खसेको छ’, उनले भने । ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए ।

    चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन् । प्रायस् गरेर विद्यालयलाई नै मतदान स्थलका रुपमा प्रयोग गरिएको छ ।

    गठबन्धनले ‘चिट आतंक’ मच्चाएपछि मतदान केन्द्रहरुको अनुगमन गरी चिट नियन्त्रणमा कडाई गर्न निर्देशन दिइएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend