काठमाडौ । गुल्मीमा नेपाली कांग्रेसले विजयीको शुरुवात गरेको छ । गु्ल्मीको रेसुङ्गा नगरपालिकाबाट विजयी शुरुवात गरेको हो । रेसुङ्गा नगरपालिकावडा नं २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
रेसुङ्गा नगरपालिका वडा नं ३ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा बाबुराम बिजयी भए ।
वडाध्यक्षमा हिराबहादुर थापा विजयी भएका छन् । उनले ४८२ मत ल्याए । नगरपालिकामा पनि कांग्रेसकै अग्रता छ । रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मतसहित अग्रता लिएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका थापालाई नेकपा एमालले पछ्याइरहेको छ ।
उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।