काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएको छ । नगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका विदुरकुमार बस्नेतले अग्रता लिएका छन् ।
वडा नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार उनले अग्रता लिएका हुन् । बस्नेतले २८३ मत पाएका छन् । दोस्रो स्थानमा नेकपा एमाले छ । एमालेकोतर्फबाट उम्मेदवार रहेका अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले २८२ र नेकपा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन् ।