काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा एमालेले अग्रता कायम गरेको छ । एमालेबाट प्रमुखका उम्मेदवार उद्दब बिष्टले १२ सय ८५ मत ल्याएका छन् भने प्रतिस्पर्धी काँग्रेसका दीपक रिसालले ११ सय ६० मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी सान्नानी लामाले ११ सय ९६ मत ल्याएकी छिन् । काँग्रेसकी उपमेयरकी उम्मेदवार शान्ति नेपालले ९ सय ३३ मत ल्याएकी छिन् ।