logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता

    ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता

    2.3K
    Shares

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मतगणनामा राप्रपा उम्मेदवारले अग्रता लिएका छन् । दमकमा एमालेबाट मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै राप्रपा उम्मेदवार राम थापाले अग्रता लिएका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

    थापाको मत १९६८ मत पाएका छन् । अधिकारीले १९४० मत पाएकी छन् ।

    उपमेयरमा काङ्ग्रेसकी रेगिना भट्टराईले १९३१ मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १७५६ मत पाएकी छन् । दमकको ४५४१ मत गणना भएको छ । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend