चितवन – चितवनको माडीमा स्थानीय तहको निर्वाचनको मत गणनाका क्रममा विवाद भएपछी मतगणना स्थगीत भएको छ । वडा नम्वर २ को मत गणनामा माओबादीले धाँधली भएको भन्दै राप्रपाले विरोध जनाएको छ । ८२ मत अन्तरले विजयी भएको भन्दै माओवादी केन्द्रले विजयी जुलुस निकाल्ने तयारी गरिरहेका वेला राप्रपाले पुनः मतगणना हुनुपर्नै माग राख्दै विरोधमा उत्रिएपछि गणना स्थागित भएको हो ।
राप्रपाका वडा अध्यक्षका उम्मेदवार विजय कुमार गुरुङले मतपेटिका शिलबन्दी नगरिएको भेटिएको र आफुहरुले मतदान गरेको मत नम्वरहरु समेत गायव पारिएको दाबी गर्दै उनले पुनः मत गणना नभएसम्म आफुहरुले परिणाम स्वीकार नगर्ने बताए ।
प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको चितवनको माडी नगरपालिकामा मेयरमा एमालेले १३१७ मतका साथ आफ्नो अग्रता बनाएको छ । माडीको नगर प्रमुखमा एमालेबाट उम्मेदवार बनेकी ताराकुमारी काजी महतोले ४ हजार ६३ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार ऋषि काफ्लेले २७ सय ४६ मत ल्याएर पछ्याईरहेका छन्।
माडी नगरपालिकामा माओवादी केन्द्र र कांग्रेसले तालमेल गरेका छन् भने एमालेले राप्रपासँग तालमेल गरेको थियो। त्यसै गरी त्यहाँको उपमेयरतर्फ काँग्रेसका खेम महत्तोले अग्रता लिएका छन् । महतोले २२ सय ७९ मत ल्याउँदा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले १८ सय १५ र एमाले समर्थित राप्रपाका मदन पौडेलले १८ सय १४ मत पाएका छन् ।
नगरपालिका वडा नं १, ९ को गणना सकिएको छ । वडा नं १ को वडाध्यक्षमा राप्रपा उम्मेदवार र वडा नं ९ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । यसअघि माओबादी केन्द्रले जितेको माडी नगरपालिकालाई माओबादी केन्द्रले आफ्नो पकड क्षेत्र भनेर दाबी गर्दै आएको थियो।