काठमाडौं । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा काँग्रेसका निवर्तमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै नेकपा एमालेका सुन्दरकुमार केसी विजयी भएका छन् । केसीले ३ हजार ४०६ मत ल्याउँदा मल्लले ३ हजार ३३६ मतमात्र पाए ।
उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी भएकी छन् । उनले ३ हजार ५७७ मत ल्याउँदा नेपाली काँग्रेसकी एलिजा कुमारी थापाले ३ हजार १५२ मत पाइन् ।
वडाहरूमा पनि एमालेले वर्चश्व कायम गरेको छ । एमालेले वडा नं। ३, ४, ५, र ६ तथा अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको हो ।
यस्तो छ वडामा
वडा नं १ मा नेकपा माओवादी केन्द्रका श्यामबहादुर रानाले ७८१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका लोक बहादुर डाँगीले ५२४ मत ल्याए ।
वडा नं २ मा काँग्रेसका यामबहादुर विष्टले ६० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका राजुकुमार खत्रीले ६३ मत ल्याए ।
वडा नं ३ मा एमालेका कृष्णबहादुर खत्रीले ५४९ मत ल्याएर जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उदयराम न्यौपानेले ४३० मत ल्याए ।
वडा नं ४ मा एमालेकै नगेन्द्रबहादुर बुढाले ५०५ मत ल्याएर विजयी हुँदा काँग्रेसका खगेन्द्रबहादुर थापाले ४८१ मत ल्याए ।
वडा नं ५ मा एमालेका पर्वलाल शर्मा ५३४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी टेकबहादुर भण्डारीले ३६८ मत प्राप्त गरे ।
वडा नं। मा एमालेका मानबहादुर थापा मगरले ४१३ मत ल्याई विजयी भए भने काँग्रेसका भीम बहादुर भट्टले ३४३ मतमात्र हासिल गरे ।