काठमाडौ। भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रता कायमै छ । सत्तारुढ गठबन्धनकी रेनु दाहाललाई पछिपार्दै उनले अग्रता कायम राखेका हुन् ।
कडा प्रतिस्पर्धा भइरहेको सो पदमा १० हजार ७०५ मतगणना हु्ँदा विजय सुवेदीले ३ हजार ७३३ मत हासिल गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ७२२ मत पाएकी छन् ।
प्रमुख पदमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् । यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मतसहित फराकिलो अग्रता बनाएका छन् । राप्रपाकी हिमला गुरुङले २ हजार ८६१ मत पाएकी छन् ।