logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • सिरहामा काँग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका मण्डलले जिते चुनाव

    सिरहामा काँग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका मण्डलले जिते चुनाव

    3K
    Shares

     

    सिरहा । सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी भएका हुन् ।

    स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।

    कांग्रेस वडा समितिको सिफारिसमा क्षेत्रीय संसदीय समितिले मण्डललाई टिकट दिने निर्णय गरेको थियो । तर, मेयरका उम्मेदवार तथा मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवले उनलाई टिकट दिएनन् । पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका बालेश्वर यादवले चार सय ३७, जनता समाजवादी पार्टी नेपालका हिन्दकेश्वर लाल कर्णले चार सय १२, नेपाली कांग्रेसका ताराकान्त यादवले चार सय १२ र नेकपा एमालेकी परमेश्वरीदेवी मण्डलले दुई सय ७१ मत प्राप्त गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend