लमजुङ । लमजुङको बेँसीसहर नगरपालिकामा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखमा गुमानसिंह अर्याल र उपप्रमुखमा पद्मा गुरुङ विजयी भएका छन् । अर्यालले नौ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका उम्मेदवार श्रीकान्त घिमिरेले सात हजार चार सय ७१ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा एमालेका पदमा गुरुङ विजयी भइन् । उनले आठ हजार सात सय १४ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादी केन्द्रका उपमेयरका उम्मेदवार हरिजङ तामाङ चार हजार ६ सय ९९ मत प्राप्त गरी उपाध्यक्षमा पराजित भए । नगरपालिकाको उपमेयरका स्वतन्त्र उम्मेदवार जीवनकुमार श्रेष्ठले एक हजार ६ सय १५ मत ल्याएका छ्न ।