रुकुम – माओवादीले ‘लाल किल्ला’ भनेर चिनिने रुकुममा नेपाली कांग्रेसले बिजयीको झण्डा फहराएको छ।
रुकुमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा मगर ४४४५ मत सहित बिजयी भएका छन्। बाँठाले ४४४५ मत पाउँदा माओवादीका उम्मेदवार चन्द्रबहादुर केसी ४४२४ मत प्राप्त गर्दै पराजित भएका हुन्।
उपाध्यक्षमा भने माओवादीकै उम्मेदवार तारा बुढा केसी ४५६० मतसहित निर्वाचित भएकी छन् । त्यस्तै हालका अर्थमन्त्री जनार्दन शर्माको गृहनगर मुसिकोट नगरपालिका समेत कांग्रेसले बिजयीको नजिक पुगेको छ।
अघिल्लो निर्वाचनमा मुसिकोट जितेको माओवादीलाई यसपटक भने जित निकाल्न हम्मे–हम्मे परेको छ । कांग्रेसबाट महेन्द्र केसी मेयरका प्रतिस्पर्धी छन् । अहिलेसम्म उनले ४२६४ मत पाइसकेका छन् भने माओवादीबाट अध्यक्षका उम्मेदवार बसन्तकुमार शर्मा ३४७० मतसहित पछ्याईरहेका छन् ।
प्राप्त जानकारी अनुसार गणना गर्न बाँकी सबै मत माओवादीको पक्षमा आए मात्र माओवादीका उम्मेदवार शर्मा विजयी हुन् अवस्था छ । तर त्यस्तो असम्भव भएकोले सो पालिकामा समेत नेपाली कांग्रेसले बिजयीको झण्डा फहराउने निश्चित भएको छ।