logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • इन्द्रावती गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    इन्द्रावती गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    3.2K
    Shares

    काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । एमालेकातर्फबाट उम्मेदवार रहेका झम्कनाथ नेपाल विजयी भएका हुन् ।

    नेपाल ७१२७ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार विकास लामा ६१५२ मत ल्याएका थिए ।

    त्यस्तै, माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४१३४ मत ल्याए ।

    उपाध्यक्षमा पनि एमालेकै शोभना तामाङ निर्वाचित भएकी छन् । उनले ६५१३ मत ल्याइन् । कांग्रेसकी दयाकुमारी मिश्र ६४६३ मत ल्याउँदै दोस्रो भइन्।

    इन्द्रावती गाउँपालिकामा १२ वडा छ । १, ३, ५, ६ र ९ मा एमालेका उम्मेदवार विजयी भएका छन् भने २, ४, ८, १० र ११ मा कांग्रेस र ७ र १२ मा वडा अध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।

    २०७४ सालमा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो ।

    वडा अध्यक्षहरु:

    वडा न. १ :  चीन लाल तामाङ (एमाले)

    वडा न. २ :  श्याम गिरी (काङ्ग्रेस)

    वडा न. ३ :  भिमसेन थापा (एमाले)

    वडा न. ४ :  क्षेत्र ब. तामाङ (काङ्ग्रेस)

    वडा न. ५ :  शशिनाथ आचार्य (एमाले)

    वडा न. ६ :  इन्द्र ब. तामाङ (एमाले)

    वडा न. ७ :  रविन्द्र कु. खाती (मा.के)

    वडा न. ८ :  डिल ब. श्रेष्ठ (काङ्ग्रेस)

    वडा न. ९ :  बाबुराम लामा (एमाले)

    वडा न. १० :  राम चन्द्र घिमिरे (काङ्ग्रेस)

    वडा न. ११ :  रामजी माझी (काङ्ग्रेस)

    वडा न. १२ :  सुरेन्द्र दनुवार (मा.के)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend