सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्णकुमार तामाङ छ हजार ७५७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका ज्ञानबहादुर कार्कीले पाँच हजार ९४० मत ल्याएका छन् ।
उपप्रमुखमा नेकपा एमालेकै एलिना श्रेष्ठ विजयी भएकी छन् । उपप्रमुख श्रेष्ठले छ हजार ३०५ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट माओवादी केन्द्रका लाखमान तामाङले पाँच हजार ४३० मत पाएका छन् ।