काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र रहेको इलामको सूर्योदय नगरपालिकाको मेयरमा एकीकृत समाजवादीकै रनबहादुर राईले अग्रता बनाएका छन् ।
राईले ५ हजार ५८६ मत ल्याउँदै नेकपा एमालेका काजीमान कागतेलाई पछि पारेका हुन् ।
कागतेले ४ हजार ६५६ मत ल्याएका छन् । सुर्योदयको उपमेयरमा भने काँग्रेसका दुर्गाकुमार बराल ५ हजार २१२ मतसहित अघि छन् ।
उनलाई एमालेकी दुर्गादेवी भट्टराईले ४ हजार १३६ मतसहित पछ्याउँदैछन् ।