काठमाडौं । ललितपुर महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । उनले हालसम्म गणना भएका मतपत्रमध्ये ५० प्रतिशत भन्दा बढी मत माएका छन् ।
बुधबार बिहान प्राप्त मतपरिणामअनुसार कुल २२२५३ मत गणना हुँदा महर्जन एक्लैले १२२७६ मत पाएका छन् ।
एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने मात्र ५६३४ मत पाएका छन् । ललितपुरमा बदर मतको संख्या पनि उल्लेख रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।