logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • दैलेखको दुल्लु नगरपालिकामा काँग्रेस विजयी

    दैलेखको दुल्लु नगरपालिकामा काँग्रेस विजयी

    1.9K
    Shares

    काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा नेपाली काँग्रेसका भरत रिजाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका रुद्र शाहीलाई १३३ मतान्तरले पराजित गरेका हुन् । रिजालले ७ हजार ७२५ मत ल्याएका छन् भने शाहीले ७ हजार ५९२ मत पाए ।

    उपप्रमुखमा भने नेकपा एमालेले जितेको छ । एमालेकी बीना कार्कीले ७३ मतान्तरले नेकपा माओवादीका टेकबहादुर खड्कालाई ३७ मतान्तरले पराजित गरेकी हुन् । कार्कीले ७ हजार १६० मत ल्याउँदा खड्काले ७ हजार ८७ मत प्राप्त गरे । यहाँ नेपाली काँग्रेस र माओवादीबीच गठबन्धन थियो ।

    १३ वटा वडा रहेको यो नगरपालिकामा एमालेले ६ वटा वडामा जितेको छ भने चार वटा वडामा माओवादीले जितेको छ । यस्तै काँग्रेसले तीन वटा वडामा जित हासिल गरेको छ ।

    ०७४ को स्थानीय तहको निर्वाचनमा​ पनि यो पालिकामा काँग्रेसका घनश्याम भण्डारीले ६ हजार तीन सय ४९ मत ल्याएर निर्वाचित भएका थिए भने उपप्रमुखमा एमालेकी विष्णु थापाले ६ हजार ४७८ मत ल्याएर निर्वाचित भएकी थिइन् । यो दैलेख क्षेत्र नं २ को सबैभन्दा ठुलो स्थानीय तह हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend