logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • इलाममा ३० वर्षपछि कांग्रेसले फर्कायो विरासत, नगरप्रमुखमा थापा निर्वाचित

    इलाममा ३० वर्षपछि कांग्रेसले फर्कायो विरासत, नगरप्रमुखमा थापा निर्वाचित

    2.1K
    Shares

    इलाम । इलाम नगरपालिकामा नेपालका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा नेपाली कांग्रेसका केदार थापा १३ हजार १ सय १५ मतसहित विजयी भएका हुन् ।

    उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल विजयी भइन् । उनले १३ हजार ५ सय ४२ मत पाइन् ।

    मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याए । त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत पाए ।

    २०४९ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो । ३० वर्षपछि कांग्रेसले विरासत फर्काएको हो ।

    १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend