logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • फराकिलो मतान्तर सहित अघि बढ्दै रेनु, १६ सयभन्दा बढी मतले अगाडि

    फराकिलो मतान्तर सहित अघि बढ्दै रेनु, १६ सयभन्दा बढी मतले अगाडि

    3.4K
    Shares

    चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १६ सयभन्दा बढी मत अन्तरको अग्रता लिएकी छन् ।

    २७ हजार २६ मतगणना हुँदा रेनुले ९ हजार ८०१ मत पाएकी छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहेका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ४३९ मत पाएका छन् ।

    उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ७४० मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ६६८ मत पाएकी छन् ।

    भरतपुरमा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend