logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • चौरजहारी नगरमा कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै माओवादी केन्द्र विजयी

    चौरजहारी नगरमा कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै माओवादी केन्द्र विजयी

    2.8K
    Shares

    रुकुम पश्चिम । कांग्रेस र एमालेको गठबन्धनलाई तोड्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । आज बिहान सार्वजनिक अन्तिम मतर परिणाम अनुसार नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा (विएम) विजयी भएका हुन् ।

    नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उनीहरुबीचको मत अन्तर ५७१ छ ।

    यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी इश्वरी शर्मा ९विएम० ७ हजार २ मत सहित विजयी भइन् । उनले नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीलाई १ हजार २५८ मतले पछि पारिन् । ओलीले ५७४४ मत पाए ।

    चौरजहारी नगरपालिकाका अधिकांश वडाहरु पनि माओवादी केन्द्रले जितेको छ । नगरपालिकाका १४ वटा वडाहरुमध्ये वडा नम्बर ६ र ९ मा कांग्रेस र अन्य सबैमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् ।

    वडा नम्बर १ मा माओवादी केन्द्रका इन्द्रे गिरी, २ मा विरबहादुर राना, ३ मा लालबहादुर बुढा, ४ मा गोपाल बहादुर भण्डारी, ५ मा खुमबहादुर खड्का विजयी भएका छन् ।

    यसैगरी वडा नम्बर ६ मा नेपाली कांग्रेसका जयप्रकाश बोहरा, ७ मा माओवादी केन्द्रका भीमप्रसाद जैसी, ८ मा शशीराम विक र ९ मा नेपाली कांग्रेसका नरबहादुर मल्ल विजयी भएका छन् ।

    यसैगरी १० मा विरेन्द्रबहादुर रोकाय, ११ मा तुल्से वली, १२ मा टिकाराम ओली, १३ मा श्रीकृष्ण शर्मा र १४ नम्बर वडामा थलबहादुर कवर वडा अध्यक्ष निर्वाचित भएका छन् ।

    रुकुम पश्चिमका ६ वटा पालिकाहरुमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्रले जितेको छ । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ ।

    जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिका र आठबिसकोट नगरपालिकामा मतगणना जारी छ । मुसिकोटमा कांग्रेस र आठबिसकोटमा माओवादीका उम्मेदवारहरु अगाडि छन् ।

    पूर्व रुकुममा भने भुमे, सिस्ने र पुथा उत्तरगंगा तीनवटै गाउँपालिकामा माओवादी विजयी भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend