logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

    कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेको पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

    3.1K
    Shares

     

    काठमाडौं । पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा भीमबहादुर योङया र उपाध्यक्षमा बावा मेयाङ्बो निर्वाचित भएका हुन् ।

    योङयाले ४ हजा। ११८ मत ल्याउँदै नेपाली कांग्रेसका उम्मेदवार मविन्द्र योङयालाई पराजित गरेका मविन्द्रले ४ हजार ३८ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार सुरेन्द्र लावतीले १८५ मत प्राप्त गरे ।

    उपाध्यक्षमा निर्वाचित मेयाङबोले ३ हजार ९९८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार अर्जुनकुमार बेघाले ३ हजार ६७९ मत प्राप्त गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार रमला फेदाप तेचुङ शिगुले २०५ मत ल्याइन् ।

    यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend