logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • गोकर्णेश्वर नगरपालिका : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

    गोकर्णेश्वर नगरपालिका : मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

    2.4K
    Shares

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा उनको प्रतिस्पर्धामा नेकपा एमालेका उद्धव विष्टले सात हजार ५३६ मत प्राप्त गरेका छन् ।

    यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामाले सात हजार ५९० मत प्राप्त गरेकी छन् भने उनका निकटतम नेपाली कांग्रसकी शान्ति नेपालले सात हजार ५५२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । नेपाल यसअघि पनि नगर उपप्रमुख थिए ।

    नौवटा वडा रहेको गोकर्णेश्वरमा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा एमाले, ५ मा कांग्रेस र ४ को वडाध्यक्षमा कांग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत विजयी भएका छन् । पछिल्लो परिणाम अनुसार वडा नं ७ मा एमालेका केशव गुरुङ विजयी भए । नगरपालिकामा अहिले वडा नं ८ को मतगणना भइरहेको छ । वडा नं ९ को मतगणना बाँकी छ ।

    नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कुल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छवटा वडामा विजयी हासिल गरेको थियो ।

    यसपटक भने काँग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३, ६ मा हारेको छ । तीनै वडामा एमाले प्यानलसहित विजयी भएको छ ।

    यसअघि राप्रपा निर्वाचित भएको वडा नं २ को अध्यक्षमा पनि यसपटक एमाले विजयी भएको छ । नगरपालिकाका नौ वटा वडामध्ये सात वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend