logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धनलाई हराउँदै सिन्धुलीको फिक्कलमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    गठबन्धनलाई हराउँदै सिन्धुलीको फिक्कलमा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    3.9K
    Shares

     

    काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन तोड्दै सिन्धुलीको फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

    गठबन्धनबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवार नेपाली कांग्रेसका नृप भुजेललाई ४५ मतले हराउँदै एमालेकी पार्वती सुनुवार अध्यक्षमा निर्वाचित भइन् । पार्वतीले ३ हजार ४९१ मत ल्याउँदा कांग्रेसका भुजेलले ३ हजार ३७९ मत ल्याए ।

    उपाध्यक्षमा पनि गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको छ। माओवादीबाट उपाध्यक्षमा उम्मेदवारी दिएका लोकेन्द्र कार्कीलाई पराजित गर्दै एमालेका राजु बराल विजयी भएका हुन्। बरालले ४ हजार २ सय ५६ मत ल्याउँदा कार्कीले ३ हजार ४ सय २६ मत ल्याए।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend