logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

    लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता

    6.9K
    Shares

    काठमाडाै‌ । लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो ।

    पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी साहले हस्ताक्षर गरेका छन् । उनले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा प्रधानमन्त्री बनेको बेला अर्थात १० वर्ष अगाडि लगानी बोर्ड स्थापना गर्न भिजन बनाउनु भएको बताए । साहले लगानीकर्तालाई एउटै ठाउँबाट सबै सेवा दिन योजना बनाएर पनि बोर्ड बस्ने अफिस समेत नपाएको अनुभव सुनाए ।

    तर अहिले यही बोर्डसँग पूर्वाधार निर्माणको लागि सहकार्य गर्न पाउँदा खुशी लागेको साहले बताए । उनले लगानी बोर्डले १० वर्षमा २७ वटा परियोजनामा ८ खर्ब ३३ अर्ब लगानीको लागि स्वीकृति दिएको बताए । बोर्डले मुख्य रुपमा जलविद्युत्मा गरेको लगानी सफल भएकाले अब नेपालमा विद्युत उत्पादन बढाएर उत्पादित विद्युत भारतमा १०० मेगावट बेच्न सकेमात्रै पनि अर्थतन्त्रको मुहार फेरिने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend