चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले मतान्तरलाई फराकिलो बनाउँदै लगेकी छन् । दाहालले ११ हजार ९० मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले नौ हजार ९० मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ९५८ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ र राप्रपाका हिमला गुरुङले सात हजार ३७१ मत प्राप्त गरेका छन्।