काठमाडौ. । रौतहटको मौलापुर नगरपालिकामा एमाले नेतृ रिनाकुमारी साह पुनः निर्वाचित भएकी छन् ।
गठबन्धनका उमेदवार रामप्रवेश यादवलाई दोब्बर मतले पछि पार्दै साह मौलापुर नगरपालिकाको मेयरमा पुनः निर्वाचित भएकी हुन् । साहले कुल ५५५६ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४५ सय २ मत प्राप्त गरेका छन् ।
गठबन्धनबाट मेयर पदका उमेदवार रामप्रवेश यादवले २९ सय ७५ मत प्राप्त गरेका छन् भने उप मेयरका उमेदवार रिनादेवीले ३१ सय मत प्राप्त गरेकी छन् । निर्वाचित साह एमाले स्थायी समिति सदस्य प्रभु साहकी श्रीमती हुन् । उनी यसअघि पनि मौलापुर नगरपालिकाकी मेयर हुन् ।