काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । फराकिलो मतान्तर सहित बालेन पहिलो स्थानमा छन् ।
उनले २१ हजार २२९ मत ल्याएका छन् । त्यस्तै, काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले १० हजार ८६२ मत प्राप्त गरेका छन् । जारी मतगणनामा उनी सो भोटका साथ दोस्रो स्थानमा रहेका छन् ।
बिहीबार पौने ८ बजे प्राप्त विवरणअनुसार काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १० हजार ५५ मत पाएर तेस्रो स्थानमा छिन् । मतगणना राष्ट्रिय सभागृहमा जारी छ ।