logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • गठबन्धनलाई पराजित गर्दै कैलालीको जोशीपुरमा नागरिक उन्मुक्ति पार्टी विजयी

    गठबन्धनलाई पराजित गर्दै कैलालीको जोशीपुरमा नागरिक उन्मुक्ति पार्टी विजयी

    2.2K
    Shares

    धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा पनि सत्तारुढ गठबन्धनलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।

    गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको अगुवाइमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टी विजयी भएको हो ।

    अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी र उपाध्यक्षमा रेखादेवी कठरीया विजयी भएका हुन् । चौधरीले ४९०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बन्सराम बडायकले ३३६८ मत पाए ।

    उपाध्यक्षमा कठरीयाले ४५८१ मत ल्याएर विजयी हुँदा माओवादी केन्द्रका दीर्घराज बिनाडीले २६८ मत मात्रै प्राप्त गरेका छन् ।

    नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकाको मेयरमा पनि जितिसकेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend