logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने छौँ: राजदुत नवराज सुवेदी

    साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने छौँ: राजदुत नवराज सुवेदी

    3.4K
    Shares

    काठमाडौं । साउदी अरेबियाका लागि प्रश्तावित राजदुत नवराज सुवेदीले साउदी अरेबियामा आफ्नै राजदूतावास भवन निर्माण गर्ने कार्यमा जोड दिने बताएका छन् । बिहीवार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, कार्य क्षमता र कार्ययोजना पेस गर्दै प्रश्तावित राजदुत सुवेदीले साउदी अरेबियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको छात्रवृत्ति कोटा बढाउन पहल गर्ने बताएका हुन् ।

    उनले साउदी अरेबियासँगको सम्बन्धलाई थप सुदृढ बनाउने र लोकतान्त्रिक मानव अधिकारको पक्षमा पनि कुरा राख्ने बताए । प्रश्तावित राजदुत सुवेदीले जलवायु परिवर्तनको सम्बन्धमा पनि इन्टरनेशनल फोरम र साउदी अरेबियासँग छलफल गर्ने बताए ।

    त्यस्तै अष्ट्रेलियाका लागि प्रश्तावित राजदुत कैलाशराज सुवेदीले दुवै देशको उच्चस्तरीय भ्रमण गराउन पहल गर्ने बताए । उनले व्यापार अभिवृद्धि र लगानी अभिवृद्धिका बारेमा विशेष पहल गर्ने कार्ययोजना रहेको बताए । प्रश्तावित राजदुत पोखरेलले नेपाल र अष्ट्रेलियाबीच सिधा वायु सेवाको बारेमा पनि विशेष पहल गर्ने बताए । उनले पर्यटकहरु र नेपाली विद्यार्थीहरुलाई यसले धेरै सहयोग पुग्ने अपेक्षा राखेको बताए । उनले अष्ट्रेलियाले केही देशहरुमा विद्यार्थीहरुलाई कृषिमा भिसा दिइरहेको नेपाली विद्यार्थीहरुलाई दिन विशेष पहल गर्ने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend