logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • धाँधली हुन सक्छ निगरानी गर्नुपर्छ: हर्क साम्पाङ

    धाँधली हुन सक्छ निगरानी गर्नुपर्छ: हर्क साम्पाङ

    4.1K
    Shares

     

    विराटनगर । नेपाली कांग्रेस र नेकपा एमाले उम्मेदवारलाई पछि पार्दै धरान उपमहानगरपालिकाको प्रमुखमा अग्रता बनाएका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले मतगणनाको निगरानी गर्नका लागि मतदातालाई आग्रह गरेका छन् ।

    लौरो चुनाव चिह्न लिएर प्रमुख पदको उम्मेदवार बनेका उनले ३१ हजर ६४ मतगणना हुँदा ११३ मतको अग्रता बनाएका छन् ।

    उनले आठ हजार ९९८ मत प्राप्त गरेका छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले आठ हजार ८८५ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार मन्जु भण्डारी सात हजार १८४ मतसहित तेस्रो स्थानमा छिन् ।

    दलका उम्मेदवारलाई पछि पारेका उनले धाँधली हुनसक्ने आशंका गर्दै मतगणना स्थल पब्लिक स्कुलमा दिनमा एक पटक आइदिन सर्वसाधारणलाई आग्रह गरे । ‘जनताले दिएको मत हाम्रोतर्फ हुँदै जादा यहाँनेर दलका साथीहरुले धाँधली गर्न सक्ने स्थिति आएको छ,’ उनले भनेका छन्, ‘।। धरानमा बस्ने मतदाताहरु पनि पब्लिक स्कुलमा आउन जरुरी छ, तपाईहरुले दिएको मतको सही तरिकाले गन्ती हुन जरुरी छ, जसले जति अंक पाएको हो, उसलाई त्यती नै अंक दिनुपर्छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend