काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिममा नेकपा माओवादी पराजय भएको छ । स्थानीय तह निर्वाचनको गएराति सम्पन्न मतगणनामा मुसीकोट नगरपालिकामा भने माओवादी केन्द्र पराजित बनेको छ ।
जिल्लाका अन्य पालिकामा माओवादी विजयी हुँदा मुसीकोटमा सो पार्टीका उम्मेदवार १३ मतले पराजित भएका हुन् । मतगणनाको अन्तिम परिणमअनुसार नेपाली काँग्रेसका महेन्द्र केसी ६९१४ मतका साथ विजयी भए । यस्तै माओवादी केन्द्रका बसन्त कुमार शर्मा ६ हजार ९०१ मत ल्याएर पराजित बने । यी दुई उम्मेदवारबीचको मतान्तर मात्र १३ रहेको छ।
यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । समाजवादीका विमलकुमार पुन मगर ६१४० मत पाएर विजयी भए । जहाँ एमालेका थल बहादुर ओली ५ हजार ९८५ मत पाएर पराजित भए ।मुसिकोटामाम एमाले–काँग्रेस भर्सेस माओवादी–समाजवादीको गठबन्धन थियो ।
एमाले–काँग्रेस गठबन्धनबाट प्रमुखमा केसी र माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखमा पुन निर्वाचित भएका हुन् । १४ वडा रहेको मुसीकोटका ८ वडा माओवादीले जित्दा ६ वडा काँग्रेसले जितेको छ ।