logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपालगन्जमा राप्रपाको सत्ता ढल्यो, काँग्रेसका प्रशान्त विष्ट विजयी

    नेपालगन्जमा राप्रपाको सत्ता ढल्यो, काँग्रेसका प्रशान्त विष्ट विजयी

    3.5K
    Shares
    नेपालगन्जमा राप्रपाको सत्ता ढल्यो, काँग्रेसका प्रशान्त विष्ट विजयी

    काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट विजयी भएका छन् । यस्तै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धनका साझा उम्मेदवार विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । विष्टले २३ हजार ४ सय ६० मत ल्याउँदा मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए ।

    विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । ०७४ मा मेयर जितेको राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत ल्याएर तेस्रो भएका छन् ।

    उपप्रमुखमा निर्वाचित गठबन्धनबाट जसपाका कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् ।

    राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत ल्याएकी छिन् । यसअघि नेपालगञ्जमा राप्रपाले मेयर र काँग्रेसले उपमेयर जितेको थियो । नेपालगन्जको मेयरमा धवलशमशेर राणा थिए । उनी आबद्ध पार्टी राप्रपा यसपटक तेस्रो बनेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend