काठमाडौं । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितको वडामा कांग्रेसको प्यानलै निर्वाचित भएको छ । स्थापितको वडा काठमाडौं–२८ मा कांग्रेसको प्यानल नै निर्वाचित भएको छ । कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा निर्वाचित भएका छन् ।
वडाध्यक्षमा निर्वाचित खड्कीले १ हजार २८२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका विपेन्द्र खड्कीले १ हजार ७० मत पाए ।
वडासदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । एमालेको गढ मानिँदै आएको काठमाडौं–२८ मा यो पटक कांग्रेसले क्लिन स्वीप गरेको हो ।