काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।
बालेनले हाल ३३ हजार २६० मत ल्याएका छन्। उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पारेका छन्। स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएर तेस्रो स्थानमा छन्। केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ।